काठमाडौं, २५ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा हिजो प्रहरी र सुकुम्वासी भनिएकाहरुबीच झडप भएको छ । उक्त झडपको क्रममा चार जनाको ज्यान नै गएको छ । गृहमन्त्री बालकृष्ण खाँणलेऔद्योगिक क्षेत्रको जग्गा अतिक्रमणबाट जोगाउन निर्देशन दिएका छन् । हिजो त्यस्तो घट्ना भएपछि सोमबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री खााँणले यस्तो निर्देशन दिएका हुन् […]