किशोरी करणीका आरोपित गाउँपालिका अध्यक्ष यादव कारागार चलान

काठमाडौं : जागिर लगाइदिने प्रलोभन देखाएर एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको एक गाउँपालिका अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन्।भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई सोमबार जिल्ला अदालत सुनसरीका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।१७ किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित पक्षक