हामीले अत्यन्त अप्ठयारो परिस्थितिमा पहिलो संविधानबाट संविधान बनाउन सकेनौं । दोस्रो संविधान कालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सहजीकरण गरेकाले संविधान बन्यो ।
शायद सुशील कोइराला प्रधानमन्त्री नभएको भए संविधान नबन्न पनि सक्थ्यो होला । तर संविधान बनाइसकेर पनि हामी कता–कता अलमलिएको हो कि जस्तो लाग्छ । संविधानको ओनरशिप भइरहेको देख्दिनँ । शीर्ष नेताहरू, जो संविधान बनाउने काममा लाग्नुभयो (सुशीलबाहेक) ज्यूँदै हुनुहुन्छ । उहाँहरूको अभिव्यक्ति सुन्दा मलाई कहिलेकाहीँ आफैंलाई असजिलो फिल हुन्छ । संविधानको विषयलाई...