१२ वर्षे बालिकाले किन हालिन् टिकटकविरुद्ध मुद्दा

बेलायतमा एक १२ वर्षीया बालिकाले भिडियो शेयरिङ एप टिकटकविरुद्ध मुद्दा हालेकी छन् । नाम गोप्य राखिएकी ती बालिकाले टिकटकमाथि बालबालिकाका डाटाहरु अवैधानिकरुपमा प्रयोग गरिरहेको जिकिर गरेकी छिन् । ती बालिकालाई कानुनी लडाइँका लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ । टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी […]