काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत पर्यो। कूल ६० जना प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए। विश्वासको मत प्राप्त नभएसँगै संविधान बमोजिम गुरुङ स्वतः पदमुक्त भएका छन्। यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ प्रदेशसभामा ठूलो दलको प्रदेशसभा संसदीय दल