तेस्रो हप्तामा 'आरआरआर', दर्शकको चाप घट्दो

काठमाडौंः पिरियड एक्सन ड्रामा जनरामा बनेको तेलुगु फिल्म 'आरआरआर' तेस्रो हप्तामा प्रवेश गरेको छ। एसएस राजामौलीको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो। 'आरआरआर'ले २ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको फिल्म तेस्रो हप्तामा आउँदा भने दर्शकको चाप केही हदसम्म घटेको छ। दुई हप्तामा फिल्मले विश्वभरबाट ९ अर्ब