भोलि बिहान प्रम ओलीले लगाउँदै कोभिड १९ विरुद्धको खोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतवार कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए। सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप…