गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीलाई सुविधा दिइने भएको छ ।
काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा शनिबार बनेको सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यमन्त्रीहरुको लागि आवश्यक सुविधा दिनेबारे निर्णय गरेको हो ।
बिनाविभागीय मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले लोकान्तरसँगको कुराकानीमा भने, ‘ऐनमा पूर्व प्रधानमन्त्रीहरुको लागि विशेष व्यवस्था छ, प्रदेशमा पनि पूर्व मुख्यमन्त्रीहरुको लागि एउटा विशेष व्यवस्था गर्ने भनी ऐन बनाउने निर्णय भएको छ ।’
साथै उनले ऐन नबनाइञ्जेलसम्म क्य...