काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नभएका कारण आफूले विश्वासको मतको झन्झटतिर नलागेको बताएका छन्। उनले कसैले सरकार चलाउन पनि नदिने र समर्थन, सहयोग पनि नगर्ने अवस्थामा विश्वासको मत माग्नुको अर्थ नभएको बताए। उनले विरोधका लागि विरोधको अवस्थामा मात्रै सरकार चलाउन नसकिने भएकाले आफूले अर्को प्रक्रिया सुरु गर्न राष्ट्रपतिसँग आग्रह गरेको बताए।