विवेकशील साझा पार्टीलाई हेर्ने हो भने २०७४ सालदेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नुपरेको छ । यो उतारचढावपछि पार्टीलाई फेरि महाधिवेशन पछि नयाँ ऊर्जा र भरोसा दिने सोच र आशाका साथ हामी फेरि उठ्दैछौँ । अब हामीले हिजोका दिनमा के-के गल्ती, कमी कमजोरी गर्यौँ त्यो सुधार्नु पर्छ । सबैभन्दा पहिले हामी साङ्गठनिकरुपमा हिजोका दिनमा काठमाण्डौ वा उपत्यका केन्द्रित मात्र थियौँ । अबका दिनमा त्यसलाई हामीले सुधार गरेर साङ्गठनिक विस्तारका नयाँ नयाँ आयाम खोजेर बाहिर लिएर जानुपर्ने हुन्छ र हामी सातै प्रदेशमा जान्छौँ । अहिलेको हाम्रो लक्...