अमेरिकाले उल्ट्यायो गर्भपतन सम्बन्धी पाँच दशक पुरानो कानुन

१३ असार, काठमाडौं । अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ । साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ । […]