देशका मुख्य शहरहरूमा पुग्दै डिसहोम फाइबर नेट, यस्ता छन् सुविधा

डिसहोम फाइबरनेट देशका मुख्य शहरहरूमा विस्तार भएको छ । अन्य केही शहरमा छिट्टै विस्तारको तयारीमा छ ।काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरिमा यसअघि नै डिसहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट बर्दिवास, बुटवल, ढल्केबर र विराटनगर पनि छिट्टै पुग्ने तयारीमा छ ।यस्तै नेपा...

सम्बन्धित सामग्री

डिसहोममा निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा

काठमाडौं । डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसअघि बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेटको निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले १ महिनाका लागि ६ सय रुपैयाँमा डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाइनेछ । त्यस्तै, वार्षिक ग्राहकले मासिक साढे ५ सय रुपैयाँमा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन् । डिसहोमका ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउने कम्पनीले बताएको छ । हाल देशका मुख्य सहरमा डिसहोमको फाइबर नेट सेवा पुगेको छ ।

धरानमा डिसहोमको फाइबर नेट सेवा

काठमाडौं (अस) । डिसहोमले नेपालभरका मुख्य–मुख्य सहरमा फाइबर नेट सेवा विस्तार गर्दै लगेको बताएको छ । कम्पनीले धरानमा पनि फाइबर नेट सेवा विस्तार गरेको छ । कम्पनीका अनुसार फाइबर नेट सेवामा ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभोडलगायत विभिन्न सुविधा उपलब्ध गराइनेछ । फाइबर नेट योजनामा कम्पनीले न्यूनतम १० एमबीपीएसदेखि अधिकतम १०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रवाह गरिरहेको छ । कम्पनीले काठमाडाैं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा फाइबर नेट सेवा सञ्चालन गरिसकेको बताएको छ । छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, जनकपुर, वीरगञ्जलगायत स्थानमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।