कतै बाटो नभएको ठाउँमा बन्यो पुल, कतै अस्वाभाविक अग्लो हुँदा भएन हिँडडुल !

पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ । ७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप...