देशका विभिन्न १० जिल्लामा बर्ड फ्लुको सङ्क्रमण : अहिलेसम्म ६५ हजारभन्दा धेरै कुखुरा नष्ट

काठमाण्डाै - नेपालमा देखिएको बर्ड फ्लुको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो । काठमाण्डौको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आ...