खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल

काठमाण्डौ – खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल भएको छ । नेपाली दूतावास मस्कटको संयोजनमा हिजो मंगलबार खाडी लगायतका देशमा रहेका नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा एक वेबिनार सम्पन्न भएको हो ।  वेबिनारमा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा छलफल भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले संयोजन गर्नुभएको कार्यक्रममा नेपाली दूतावास, रियादका रा...