काठमाण्डाै – सर्वोच्च अदालतको दैनिक पेसी गोलाप्रथाका आधारमा तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत हुनुभएको छ ।
सर्वोच्च बारका प्रतिनिधि र प्रधानन्यायाधीश जबराबीच आज आइतवार भएको छलफलमा जबराले भाेलि सोमवार अदालतको 'फुल कोर्ट' बैठक बोलाउने सहमति जनाउनुभएको हो ।
भाेलि 'फुल कोर्ट' को बैठक बसेपछि पर्सि मङ्गलवारदेखि नमुना गोलाप्रथा सुरु गर्ने सहमति जुटेको भेटमा सहभागी नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल बार र सर्वोच्च अदालतबीच विवाद बढ्दै गएपछि...