नेपाल पत्रकार महासंघ ( एफएनजे ) यूके शाखाले आइतबार साँझ लन्डनमा एक समारोहबीच वरिष्ठ पत्रकार श्रीभक्त खनाललाई एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२१ द्वारा सम्मान गरेको छ । खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड (८२ हजार रुपैयाँ ) राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले