विवेकशील साझा पार्टीले समानान्तर गतिविधि गर्ने केन्द्रीय सदस्यहरुलाई कारबाहीको चेतावनी दिएको छ । रवीन्द्र मिश्रको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले त्यस्ता कदम तत्काल नरोकिए कारबाही गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।