काठमाडाैँ- गोरखाको कालिका मन्दिरमा रहेको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले […]