नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिको दोस्रो बैठक सुर्खेतमा सुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गरे । अध्यक्ष दाहालले बैठकमा सहभागी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए । पार्टीको क्रान्तिकारी रुपान्तरणको फड्को मार्न सामूहिक मेहनतको आवश्यकता रहेको औँल्याउँदै उनले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न दृढतापूर्वक अघि बढ्न जरुर