अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली

राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिएको छ । स्थानीय सञ्चार माध्यमहरूमा पनि राममन्दिरसँग जोडिएका समाचारले प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या ल्याइएको छ । जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीले सरकारी संयन्त्र, मन्दिर व्यवस्थापन पक्ष, निर्माण समितिलगायत सबैको व्यस्तता बढाएको छ ।