पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ  :  डा. महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । काँग्रेसको काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” को प्रदेश सभा अधिवेशन विशाल मिलन केन्द्रमा भैरहेको छ भने प्रदेश “ख” को अधिवेशन अन