कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष …