बिहीबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सर्कुलर

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको हो।

सम्बन्धित सामग्री

विपक्षमा मतदान गर्न एमालेको व्हीप

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

बच्चा लिएर संसद् भवन पुगिन् सांसद माया राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राई बच्चा बोकेर संसद् बैठकमा उपस्थित हुन पुगेकी छन्। सभामुखको निर्वाचनको लागि सबै सांसदलाई अनिवार्य उपस्थित हुन पार्टीबाट ह्विप जारी भएपछि बच्चा लिएर संसद् भवनमा पुगेकी हुन्। भोजपुरकी माया कांग्रेस केन्द्रीय सदस्य समेत हुन्। उनी आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सांसद बनेकी हुन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले भोलि (शुक्रबार) हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ । उपसभामुख पदका लागि आज (बिहीबार) उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । छलफल अध्यक्ष केपी […]

नागरिकता विधेयक : आजै अर्को विधेयक दर्ता गराउने तयारी

काठमाण्डाै – सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारल...

सरकारको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई कांग्रेसकाे ह्वीप जारी

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठकले आइतबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति भएर सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ । नयाँ बानेश्वरको संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताउनुभयो । कांग्रेसले आफूलाई साथ दिने अन्य राजनीतिक दलहरुलाई पनि विश्वासको मतको पक्षमा साथ दिन आह्वान गरेको छ ।