अपहरण लगत्तै बालिकाको उद्धार, अपहरणकारी पक्राउ

अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई समेत पक्राउ गरेको छ ।पीडितकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छन् । राजविराजस्थित घरबाट आरोपितले ललाई फकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपहरण गरेको पीड

सम्बन्धित सामग्री

नाबालिका अपहरण गर्ने तीन जना पक्राउ

प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बालिकाको उद्धार गरिएको छ । सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिका अपहरण गरी '१५ लाख माग्ने' पाँचजना पक्राउ, २४ घण्टामा बालिकाको उद्धार

जनकपुरधाम । धनुषामा बालिका अपहरण गरी फिरौती रकम मागेको आरोपमा पाँचजना पक्राउ परेका छन् । शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी घटनामा संलग्नको आरोपमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अपहरणमा परेकी थिइन् । उनको अपहरण आरोपमा...