स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनले विभिन्न पालिकामा साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहेका छन् । खासगरी नेकपा एमालेको बलियो प्रभाव रहेका पालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलले साझा उम्मेदवार बनाएर एमालेको पोल्टाबाट जित खोस्ने तयारी गरेका हुन् ।तर, इटहरी नगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जति वटा पार्टीले गठबन्धन गरे पनि इटहरीमा चुनाव एमालेले नै जित्ने दाबी गरेकी छन् । उनले इटहरीमा कसैको सहयोग बिना पनि एमालेले चुनाव जितेर देखाइदिने बताइन् । एमाले नै बलियो रहेका कारण सत्त