परीक्षणका क्रममा पेनस्टक पाइपको म्यानहोल (बिर्को) मा चुहावट देखिएपछि माथिल्लो तामाकोसीको पहिलो युनिटबाट विद्युत् उत्पादन हुने मिति पछि धकेलिने भएको छ । आयोजना व्यवस्थापनले जेठ दोस्रो सातादेखि पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु गर्ने योजना बनाएको थियो ।