रामचन्द्र पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने - दिन सक्दिनँ

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको लागि तीन मन्त्री चाहिने अडान पेस गरे । त्यसलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले ठाडे नकारे । त्यो लगत्तै पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडे ।