दैलेख : संघीय संरचनापछि भएको स्थानीय तहको निर्वाचनताका विभिन्न राजनीतिक दलका प्रतिनिधिले जनताका लागि उल्लेख्य काम गर्ने भन्दै चर्का नारा लगाए। जनतालाई विभिन्न आश्वासन दिएर निर्वाचित जनप्रतिनिधिले जनताका लागि काम गर्नभन्दा पनि पहुँचका भरमा नियमविपरीत स्थानीय तहलाई आफन्त भर्ती केन्द्र बनाए। दुर्गमका जनतालाई सिंहदरबारको अधिकार गाउँमा आएको सुनाउने यहाँका जनप्रतिनिधिले कसरी आफन्तलाई नियमविपरीत रोजगारी सिर्जना गर्छन् भन्ने एउटा उदाहरण ०५३ सालमा स्थापित दैलेखको पुरानो नारायण नगरपालिकामा प्रष्ट देख