काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय श्री जनशील आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बिमाप्रतिको जानकारी...