नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूका लागि तोकेको नयाँ उडान तालिका सार्वजनिक गरेको छ ।
विन्टर सिजनका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक तालिका अनुसार अहिले नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले विभिन्न विदेशी गन्तव्यसम्म नेपालको राजधानी काठमाडौंलाई जोड्ने गरी अनुमति पाएका छन् ।
सातामा २३० हाराहारी उडानले काठमाडौंलाई विभिन्न गन्तव्यमा जोड्नेछन् । यस अनुसार दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति जारी भएको छ ।