दाङ : देउखुरीमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। गढवा गाउँपालिका- १ जेठान गाउँ निवासी १८ वर्षीय मनीष थारू कुमालको सोमबार घरको छतबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
राती सुतेको समयमा कुमाल एक्कासि उठेर हिँड्ने क्रममा घरको छतबाट खसेको बताइएको छ। ...