भेरी अस्पताल निर्माणमा ढिलाइ

तीन पटक म्याद थपिँदासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ तथा अत्याधुनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन। २५० शय्याको सो अस्पताल भवनको निर्माण पूरा गरेर हस्तान्तरण कार्यमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव बिरामीलाई परेको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पताल भवन जस्तो संवेदनशील संरचनाको निर्माणमा समेत ढिलाइ गरिनु निकै दुःखद भएको बताउनुभयो। तीन तीन पटकसम्म म्याद थप गरिँदासमेत अझै भवन निर्माण पूरा गर्नेतर्फ निर्माण कम्पनीले ध्यान नदिएको गुनासो उहाँको छ। भवन नहुँदाको प्रत्यक्ष असर उपचारका लागि आउने बिरामीलाई परिरहेको उहाँले बताउनुभयो।

सम्बन्धित सामग्री

भेरी अस्पतालमा जेठ १५ भित्रै ‘इमर्जेन्सी कक्ष’ पूर्णरुपमा सञ्चालन हुने

भेरी अस्पताल नेपालगन्जमा जेठ १५ भित्रै ‘इमर्जेन्सी कक्ष’ पूर्णरुपमा सञ्चालन गर्नेगरी तयारी थालिएको छ । नयाँ ओपीडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालन गर्ने र इमरजेन्सी वार्ड भने पूर्ण रुपमा सञ्चालन गर्ने तयारी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए ।

भेरी अस्पतालमा ३० शय्याको इमरजेन्सी वार्ड

भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ ।

अस्पताल निर्माणमा ढिलाइ, बिरामीलाई समस्या

तीन पटक म्याद थपिसक्दासमेत भेरी अस्पताल नेपालगन्जको नयाँ अत्याधुनिक भवन निर्माण पूरा हुन सकेको छैन। २५० शøयाको सो अस्पताल भवनको निर्माणमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ आउने सयौँ बिरामीलाई परेको अस्पतालले जनाएको छ। २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले भवन निर्माणका लागि ३२ करोडको लागतमा ठेक्का पाएको थियो तर सो समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन।

भेरी अस्पतालको नयाँ भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित

गत भदौ २३ गते भेरी अस्पताल नेपालगञ्जको ओपिडी भवनको निर्माण अवस्थाबारे जानकारी लिन पुग्नुभएका तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्माण व्यवसायीले मङ्सिर २३ गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।