नेपालको दुग्ध क्षेत्र सक्षम छ, एफडीआई चाहिँदैन

सरकारको नारा निकै गज्जबको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । तर, केन्द्रीय बहसको विषय भने समृद्धिका मुद्दाभन्दा पनि राजनीति नै रहँदै आएको देखिन्छ । नाम मात्रको प्रतिपक्ष र टालटुले प्रवृत्तिका सत्ता सञ्चालकका राजनीतिक स्वार्थमा रुमल्लिएको क्षेत्र हो— कृषि क्षेत्र । मल, बीउ, सिँचाइदेखि प्रविधिसम्ममा समस्या र उत्पादित वस्तुको बजारको ग्यारेन्टी नहुँदा सबैभन्दा पीडित यही कृषिक्षेत्रमा संलग्न ६६ प्रतिशत हाराहारीका जनसंख्या छन् । कृषिमा पनि पछिल्ला वर्षमा सबैभन्दा बढी चुनौतीको सामना गरेको क्षेत्र हो दुग्ध क्षेत्र । वार्षिक उत्पादन वृद्धिदर ४ प्रतिशत र माग ८ प्रतिशतले बढिरहेको यो क्षेत्र अर्थतन्त्रका लागि पनि उत्तिकै महत्व राख्ने क्षेत्र हो ।