स्वास्थ्य सुरक्षा अपनाएर खुले मनोरञ्जन पार्क

विराटनगर (अस) । कोरोना संक्रमणको जोखिमका कारण बन्द भएका प्रदेश–१ का चार ठूला मनोरञ्जन पार्क सञ्चालनमा आएका छन् । करोडौं लगानीका ती पार्क ६ महीनादेखि बन्द थिए । लगातार २ वर्षको कोभिड कहरका कारण मोरङ र सुनसरीका गरी चार ठूला पार्कको करीब २ अर्ब रुपैयाँ लगानी जोखिममा परेको थियो । तर अहिले यी पार्क स्वास्थ्य सतर्कता अपनाएर सञ्चालनमा आएका छन् । यसैबीच ४२औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश–१ कै सबैभन्दा ठूलो इपील्याण्ड वाटर एण्ड एम्युजमेन्ट पार्कलाई कदरपत्र प्रदान गरेको छ । इटहरी उपमहानगर–२ तालतलैया क्षेत्रमा ६ बिघा क्षेत्रमा खोलिएको यो पार्क तीन दिनदेखि सञ्चालनमा आएको सञ्चालक विनोद पौडेलले बताए । २०७७ फागुन १७ गते उद्घाटन गरिएको पार्क २०७८ वैशाख ११ गतेदेखि बन्द थियो । ‘अहिले कोरोना संक्रमण केही घटेपछि पार्क सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘पार्कले विश्व पर्यटन दिवसको अवसरमा कदरपत्र समेत पाएकाले यसले उत्साह थपेको छ ।’ ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको पार्कमा ७० जनाले रोजगारी पाएका छन् । दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने उक्त पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठओटा छन् । यस्तै पार्कमा एकैपटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ । पार्कभित्र बार्बेक्यु, लन्च–डिनर, फास्ट फुड र इन्डियन फुडकोर्ट तथा आइसक्रिम पार्लरसहितका चार छुट्टाछुट्टै रेस्टुराँ छन् । इहहरीकै ओसियन पार्कमा ४० करोड रुपैयाँ लगानी छ । विराटनगरका सञ्जय अग्रवालले ८ वर्षअघि आफ्नै दुई बिघा जग्गामा पार्कको सञ्चालनमा ल्याएका थिए । पार्कमा स्वीमिङ पुल, वेब पुल, वाटर स्लाइड, रेस्टुराँ, सुइट रुम लगायत सुविधा छन् । ‘कोभिड कहरभन्दा अघि पार्कमा ३५ कामदार थिए । अहिले रेखदेख गर्न पाँचजना छन्,’ सञ्चालक सञ्जयले भने ।  बन्द हुँदा मासिक १० लाख रुपैयाँ घाटा बेहोर्नु परेको उनले बताए । तर चाडबाड नजिकिँदै गर्दा सञ्चालनमा आएकाले केही राहत महसूस भएको उनको भनाइ छ । सुनसरीको इटहरीसँगै जोडिएको मोरङको सुन्दर हरैंचा नगरपालिकामा दुई ठूला पार्क पनि ५ महीनापछि सञ्चालनमा आएका छन् । सुन्दर हरैंचा–४ मा रहेको गोकुलम पार्कका सञ्चालक रमेश कार्कीका अनुसार निषेधाज्ञाको बेला पारेर पार्कको ‘रेनोभेसन’ गरिएको थियो ।  ६ महीना बन्दमा पार्क पुनर्निर्माण, मर्मत र सौन्दर्यीकरण गरिएको सञ्चालक कार्कीले बताए । कार्कीले साढे २ बिघा जमीनसहितको पार्क तथा रिसोर्ट अढाई वर्षअरिघ २० करोड रुपैयाँमा खरीद गरेका थिए । सिजनमा वनभोज गर्न आउनेको यहाँ भीड हुन्छ । सुन्दर हरैंचा नगरपालिका–४ मा रहेको गोकर्ण पार्क पनि ६ महीनापछि सञ्चालनमा आएको छ । इटहरीका रमेश आचार्यले ४ वर्षअघि २५ करोड रुपैयाँमा २ बिघा जग्गा खरीद गरेर पार्क निर्माण गरेका हुन् । त्यसमा भौतिक संरचनाका लागि थप १० करोड रुपैयाँ लगानी गरिएको उनले बताए ।

सम्बन्धित सामग्री

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।

स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो । बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा […]

राष्ट्रिय सभा चुनावमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । यस्तै मास्क अनिवार्य लगाउनुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थ...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको […]

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न पुनः आह्वान

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरूलाई पुनः आह्वान गरेको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न सबै नागरिकलाई पुनः आह्वान गरेका हुन् । २ दिनअघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु […]

नेपालीहरुबाट स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघनको उजुरी

जापानमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीब्ररुपमा फैलिएको भए पनि नेपालीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै टोकियोस्थित नेपाली दूताबासले सचेत रहन आव्हान गरेको छ । दूताबासले एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणबाट बच्न भीडभाडबाट टाढा रहने, मास्क लगाउने, दूरी कायम गने जस्ता सुरक्षा शतर्कता अपनाउनुपर्ने भए पनि केही नेपालीहरुले रेष्टरैन्टमा नाचगान र भीडभाड गरेको भन्दै …

बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनःशुरुआत गरेको छ।

रेडक्रसले दिन थाल्यो फेरि स्वास्थ्य सुरक्षा सामाग्री

कोभिड–१९ को महामारीको संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले फेरि स्वास्थ्य सुरक्षा सामाग्री वितरण सुरु गरेको छ।...

खोप केन्द्रमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड स्वास्थ्य कार्यालयबाटै उल्लंघन भएको छ। कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन्। खोप केन्द्रलाई व्यवस्थित नगर्दा कोरोना संक्रमणको जोखिम झन बढेको छ। खोप लगाउन आउनेहरूले नै स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने गरेका छन्।

क्रिकेटमा पालना भएन कोरोना स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं। कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा पालना भएन। सरकारले २५ जनाभन्दा बढी भेला नहुन, अनिवार्य मास्कको प्रयोग गर्न भने पनि क्रिकेट मैदानमा त्यसको कुनै पालना भएको छैन। शुक्रबार नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर रौनक मल्लले हस्पिटल पार्टनरसँगको सहकार्यमा स्वास्थ्य सुरक्षा अपनाइने बताएका थिए।