पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक

२८ पुस, गुल्मी । पूर्वमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ । गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।