बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सबलीकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताएका हुन् । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गरे । उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दा