उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु १९ वर्षीय नवीन कटुवालको शव उठ्न सकेको छैन । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि गोली चल्दा उनको मृत्यु भएको हो । उनी स्वतन्त्र रूपमा वडाध्यक्षका प्रत्याशी गौरव कटुवालका भतिजा हुन् । उदयपुरका एसपी सुवास बोहराले पोष्टमार्टम गरेर लैजाने अवस्था नभएकाले घटनास्थलमै शव रहेको बताए । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर लगिएको छ । घटना