बाँकेमा थप एक संक्रमितको मृत्यु

बाँके : नेपालगञ्‍ज उपमहानगरपालिका-१२, बाँकेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणपश्चात् मृत्यु भएको छ।हिजो बैशाख २९ गते एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएपछि थप उपचारका लागि नारी आइसोलेसन सेन्टरमा भर्ना भएकी उनको आज बिहान ८ बजे मृत्यु भएको हो।स्वास्थ्यमा समस्या आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए।बाँकेमा हालसम्म कोभिड संक्रमणपश्चात्‌ जिल्लाका २१४ र जि

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।