नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकले डरलाग्दो संकट भोग्नु पर्ने अवस्था प्रमुख राजनीतिक दलका नेताहरुकै कारण आएको बताएका छन् । नेकपा विभाजन र संसद विघटनबाट अस्थिरता सुरु भएको भुसालको दावी छ । बुधबार काठमाडौमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलन र नेपालमै संकट आउनु ‘हाम्रै कारण’ भएको बताए । उनले नेकपा विभाजन र संसद विघटन गर्नु गम्भीर गल्ती भएको भन्दै जनताले दिएको विश्वासमाथि विश्वासघात हुँदा विदेशी हस्तक्षेप बढ्दै