चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँग गरेको एउटा भर्चुअल बैठकमा उहाँले दुई देशबीच चाँडो शान्तिवार्ता हुनुपर्ने बताउनुभएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।
युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिनुपर्ने चिनियाँ राष्ट्रपति सीकाे भनाइ छ । युक्रेनमा रुसले गरेको आक्रमणको चीनले समर्थन र विरोध केही गरेको छैन । रुसी अतिक्रमणको निन्दा गर्न संयुक्त राष्ट्र सङ्घमा आयोजित मतदानमा भने चीन अनुपस्थित रह...