हिमालयन बैंकको एससीटी युनियनपे कार्ड सेवा

काठमाडौं (अस) । हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवा सुरु भएको छ । भिडियो कन्फ्रेन्समार्फत सञ्चालित कार्यक्रममा नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्ने गरी यो कार्ड सेवा सञ्चालन गरिएको हो । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यावसायिक सिलसिलमा जाने व्यापारी व्यवसायीका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंकले बताएको छ । एचबीएल युनियनपे एससीटीको ब्रान्डेड कार्ड सेवा ग्राहकका लागि जारी गरेकामा युनियनपेका प्रतिनिधिले धन्यवाद दिएको बैंकले जानकारी दिएको छ । निकट भविष्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्युआर तथा वालेटमा स्वीकार्य हुने बताइएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले युनियनपे तथा एससीटीसँग सहकार्य गरी एचबीएल युनियनपे एससीटी कार्ड सञ्चालनमा ल्याइएको बताए । हिमालयन बैंक अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे सेवा सञ्चालन गरिरहेको र छिट्टै डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार्ने एक मात्र बैंक हुने जिकिर गरे । हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि सञ्चालनमा रहेको छ । सन् २०१८ देखि क्यूपे वालेट सञ्चालन गर्दै आएको एससीटी नेपालमा युनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था हो ।

सम्बन्धित सामग्री