एसएसबीले तुइन चुडाइदिएको प्रकरणमा सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्छः सांसद ठगुन्ना
प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताएका छन्।
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ । दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठक शुरू हुनासाथ तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताएका हुन् । एमाले संसदीय दलको तर्फबाट बोलेका ठगुन्नाले दार्चुला […]