मन्त्रिपरिषद् बैठक: कर्मचारी र श्रमिकको तलब भत्ता पुनरावलाेकन गर्न उच्चस्तरीय आयोग गठन

सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गरी त्यसबारे आवश्यक अध्ययन गरी सिफारिस गर्न आयोग गठन गरेको हो ।