जिल्ला समन्वय समिति (जिसस) रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी भएका छन् । आइतबार सदरमुकाम गौरमा भएको निर्वाचनमा काँग्रेस,समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । १८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए । सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त