काठमाडौँ। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगिता संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४५० बढी खेलाडीको सहभागिता रहनेछ।