बीपी प्रतिष्ठानको रेडियोलोजी विभागमा उपकरण नहुँदा बिरामीलाई सास्ती

जनशक्ति र मेडिकल उपकरण अभाव भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागलाई बिरामीको चाप थेग्न मुस्किल भएको छ । विभागमा जनशक्तिका साथै अल्ट्रासाउण्ड र एक्सरे मेसिन अभाव हुँदा बिरामीले अनावश्यक सास्ती खेप्नु परेको छ ।