दीर्घकालीन विद्युत् व्यापार समझदारीको नेपालले प्रस्ताव गर्ने, बुटवल–गोरखपुर प्रसारण लाइन शिलान्यास हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नेपाल र भारतबीच मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापारको समझदारी गर्ने प्रस्ताव लगिने भएको छ । प्रधानमन्त्री प्रचण्डले गर्ने १७ जेठदेखिको भारतको भ्रमणमा मध्यकालीन र दीर्घकालीन...
काठमाडौं, भदौ २७ । बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माण गर्न नेपाल र भारतबीच संयुक्त लगानी गर्ने सम्झौता भएको छ । गत बुधवार भारतको नयाँ दिल्लीमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकार स्वामित्वको पावर ग्रीड कर्पोरेशन अफ इन्डियाबीच सम्झौता भएको हो । भारत खण्डको प्रसारणलाइन संयुक्त लगानीमा निर्माण गर्नेगरी उक्त सम्झौता […]
नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्डमा नेपालले पहिलोपटक लगानी गर्ने भएको छ । १४० किलोमिटरको अन्तरदेशीय प्रसारणमध्ये भारततर्फको १२० किलोमिटर प्रसारण लाइन निर्माणका लागि बन्न संयुक्त कम्पनीका लागि नेपालले पहिलोपटक नेपाल विद्युत् प्राधिकरणमार्फत लगानी गर्न लागेको हो ।
नेपालले विदेशमा गएर वैदेशिक लगानी हालसम्म लगानी नगरेकोमा पहिलोपटक यसरी लगानी हुन लागेको हो ।
नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहमति अनुसार संयुक्त कम्पनी निर्माणमा ढिलाइ भएको छ । गत असोज अन्तिम साता ऊर्जा व्यापार सम्झौता (पीटीए)मा गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) ले व्यवस्थापनको ढाँचा (मोडालिटी) सहमति भए पनि सोअनुसार ६ महिनाभित्र संयुक्त कम्पनी बनाउनमा भने ढिलाइ भएको हो ।
दुई देशबीच पहिलो ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भैसकेको छ भने दुवै देशबीच ११ अन्तरदेशीय प्रसारण लाइन पहिचान भइसकेका छन् । सन् २०३५ भित्र २४ हजार ५ सय मेगावाट विद्युत् व्यापार गर्नका लागि भन्दै दुई देशबीच अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजना बनिसकेको छ ।