भारतको राष्ट्रिय पुलिस एकेडेमीको तालिममा सहभागी नेपाल प्रहरीका तीन जना निरीक्षक  पुरस्कृत

काठमाण्डाै - भारतको हैदराबादमा रहेको सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन्। पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका नेपाल प्रहरीले जनाएको छ। आज सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो। दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । तालिम ग...