टोकियो ओलम्पिकः महिला म्याराथनमा स्वर्ण र रजत पदक केन्याको पोल्टोमा

एजेन्सी। केन्याकी पेरेस जेपचिरचिरले एथलेटिक्स महिला म्याराथनमा स्वर्ण पदक जितेकी छन्। जेपचिरचिरले २ घण्टा २७.२० मिनेटमा दुरी पार गरेकी हुन्। उनले देशकी ब्रिगिड कोसगेईलाई १६ सेकेण्डले पछि पारेकी थिइन्। कोसगेईले २ घण्टा २७.३६ मिनेटमा दुरी पार गरिन्। अमेरिकाकी मोली सेइडेलले काश्य पदक जितिन्। सेइडेलले २ घण्टा २७.४६ मिनेटमा दुरी पार गरिन्। महिला म्याराथनको फाइनल चरणमा ८८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः रुसकी बात्साराश्किनाले कीर्तिमानसहित जितिन् स्वर्ण

एजेन्सी। रुसकी सुटर भितालिना बात्साराश्किनाले टोकियो ओलम्पिक–२०२० मा सुटिङको महिला १० मिटर एयर पिस्तोल स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बात्साराश्किनाले ओलम्पिक कीर्तिमान २४०.३ अंक जोडेकी थिइन्। उनले पाँच वर्षअघि रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। २३९.४ अंक जोड्दै बुल्गेरियाकी एन्टोएनेटा कोस्टाडिनोभाले रजत पदक जितिन्। चीनकी जियाङ रान्जिनले २१८ अंक जोडेर काश्य पदक हात पारिन्।